हेटौँडा ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको पाँचौँ साधारण सभाको अवसरमा नेपाल समाचारपत्र दैनिककी सहसम्पादक तथा नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाको अध्यक्ष भगवती तिमल्सिना ‘स्वर्गीय रवीन्द्र गौतम स्मृति पत्रकारिता पुरस्कार’बाट सम्मानित हुनुभएको छ।





पुरस्कार प्रदान गर्दै महासंघ बागमती प्रदेश समितिले पत्रकारितामार्फत जनताको सुसूचित हुने अधिकारको संरक्षण, सत्यतथ्यमा आधारित पत्रकारिताको प्रवर्द्धन तथा पत्रकारिता क्षेत्रको विकास र मर्यादा अभिवृद्धिमा पुर्याउनुभएको योगदानको उच्च मूल्याङ्कन गरिएको जनाएको छ।




पुरस्कारपत्रमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्मा, बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगर तथा महासचिव उद्धव भुजेलको हस्ताक्षर रहेको छ। कार्यक्रममा बोल्दै महासंघका पत्रकारहरूले पत्रकारिता क्षेत्रमा पुरस्कार तथा सम्मानको परम्परा निरन्तर रहनुपर्नेमा जोड दिएका थिए।




पत्रकारिता पेशामा दीर्घकालीन योगदान पुर्याएका व्यक्तिहरूको सम्मान र उत्कृष्ट पत्रकारहरूको पहिचानले पेशागत उत्साह बढ्ने उनीहरूको भनाइ थियो। साधारण सभामा विभिन्न विधामा पत्रकार तथा शाखाहरूलाई पनि सम्मान गरिएको थियो।



उत्कृष्ट पत्रकार सम्मानबाट प्रतिमा सिलवाल र सिन्धुपाल्चोक शाखाका अध्यक्ष धुर्ब अधिकारी सम्मानित हुनुभयो। त्यस्तै धादिङ जिल्ला शाखा सम्मानित भएको थियो। अग्रज पत्रकार सम्मान सिन्धुली शाखाका शेषराज दाहाल, मकवानपुर शाखाका नवराज शर्मा तथा महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यलाई प्रदान गरिएको थियो।
कार्यक्रममा विभिन्न जिल्लाका पत्रकार, सञ्चारकर्मी तथा महासंघका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा महासंघका अध्यक्ष शर्माले साधारण सभामा उठेका जिज्ञासाको सम्बोधन गर्दै प्रेसमाथी सरकारले गरेको हस्तक्षेपको खुलेर सबै पक्षले आवाज नउठाउने हो भने लोकतन्त्र नै समाप्ती हुन्छ ।
प्रेस र लोकतन्त्र बचाउनुका साथै नागरिकको अधिकार रक्षाका लागी पत्रकार महासंघ निर्णायक आन्दोलनमा उत्रनुपर्छ भन्नुभयो । कार्यक्रममै महासंघका बरिष्ठ उपाधेयक्ष दीपक आचार्य, उपैध्यक्ष नीतु पण्डीत,कोषाध्यक्ष रामकृष्ण अधिकारी, पर्देसका अध्यक्ष कृष्ण सारू सारू मगर,संचार रजिष्टार कार्यालयका प्रमुख हरिहर पोख्रेल लगायतले सरकारले गरेको निर्णय फिर्ता लिई सरकारले समन्वयकारी भूमिका निर्वाह गर्न जोड दिएका थिए ।











प्रतिक्रिया