विश्व वातावरण दिवस को अवसरमा नीति सम्बाद कार्यक्रम सम्पन्न


ललितपुर ।

विश्व वातावरण दिवस २०२६ को अवसरमा “शहरी जलबायु क्याम्प स् तथा नीति सम्बाद “ कार्यक्रम ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ। “समृद्द भबिष्य्को आधार जलबायु एबम प्रकृति मैत्री बिकास “ नारासहित आयोजना गरिएको कार्यक्रम वातावरण विभाग, पाटन बहुमुखी क्याम्पस, नेपाल वातावरण समाज तथा नेपालिज युथ फर क्लाइमेट एक्सन को संयुक्त आयोजनामा सम्पन्न भएको हो।

कार्यक्रमको पहिलो चरणअन्तर्गत विद्यार्थी, शिक्षक तथा युवा अभियन्ताहरूले पाटन बहुमुखी क्याम्पस परिसर सरसफाइ अभियान सञ्चालन गरी क्याम्पसदेखि युएन पार्क हुँदै बागमती नदी करिडोरसम्म जलवायु सचेतनामूलक वाकाथन सम्पन्न गरेका थिए। उक्त कार्यक्रमले नदी तथा शहरी वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको थियो।

नीति संवाद कार्यक्रमको अध्यक्षता पाटन बहुमुखी क्याम्पसका प्रमुख डा। रघुवीर बिष्टले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा वन तथा वातावरण मन्त्रालयका सहसचिव डा। रामचन्द्र कँडेल सहभागी हुनुभएको थियो। स्वागत मन्तव्य नेपाल वातावरण समाजकी सदस्य सबिता सुवेदीले राख्नुभएको थियो भने कार्यक्रमको उद्देश्य विभाग प्रमुख डा। अमृतप्रसाद शर्माले प्रस्तुत गर्नुभएको थियो।

प्रमुख अतिथि डा। कँडेलले प्रमाणमा आधारित नीतिनिर्माणको आवश्यकतामाथि जोड दिँदै वातावरण तथा जलवायु परिवर्तनसम्बन्धी नीति निर्माणमा अनुसन्धान, तथ्य र वैज्ञानिक प्रमाणलाई आधार बनाउनुपर्ने बताउनुभयो। उहाँले युवाहरू वातावरण संरक्षण तथा जलवायु कार्यमा अग्रसर हुनुपर्ने र शिक्षक तथा प्राज्ञिक समुदायले उनीहरूलाई सही मार्गदर्शन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा नेपाल वातावरण समाजका अध्यक्ष उप प्राध्यापक डा। बिनोद बनियाँ र नास्टका पूर्व उपकुलपति डा। सुनिलबाबु श्रेष्ठले “जलबायु परिबर्तन र शहरी बाताबरण विषयमा प्रस्तुति दिनुभएको थियो।यसै अवसरमा नेपाल वातावरण समाजद्वारा प्रकाशित हुन लागेको जर्नलको औपचारिक उद्घाटन कार्यक्रम का बिशेष अतिथि प्रा मदन कोइराला ले गर्नुभएको थियो ।

दिगो भबिस्यको लागि शहरी बाताबारण र नदिहरु विषयक छलफलमा जल तथा ऊर्जा आयोग सचिवालयका श्रीकमल द्विवेदी, नीति अनुसन्धान प्रतिष्ठानका डा। निरञ्जन देवकोटा, पाटन बहुमुखी क्याम्पसका विभाग प्रमुख डा। अमृतप्रसाद शर्मा तथा नेपालिज युथ फर क्लाइमेट एक्सनकी राष्ट्रिय संयोजक आकृति डोटेल प्यानलिस्टका रूपमा सहभागी हुनुभएको थियो।

छलफलमा शहरीकरण, नदी प्रणाली, जलवायु परिवर्तन तथा दिगो विकासबीचको सम्बन्धबारे गहन विचार(विमर्श गरिएको थियो। कार्यक्रममा नेपाल वातावरण समाजका आजीवन सदस्यहरूलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो भने वाकाथनअन्तर्गत उत्कृष्ट कला, पोस्टर, वक्तृत्व तथा भिडियो प्रस्तुतिलाई पुरस्कृत गरिएको थियो। कार्यक्रमको सञ्चालन नेपाल वातावरण समाजका महासचिव समीर थापाले गर्नुभएको थियो।

यसै बीच वातावरणविद् नवराज पोखरेलले विश्व वातावरण दिवसको महत्वबारे प्रकाश पार्दै वातावरण दिवस केवल एक दिन मनाइने प्रतीकात्मक अभियान मात्र नभई वातावरणीय संरक्षण, सरसफाइ तथा जनचेतनाका गतिविधिहरू वर्षभरि निरन्तर सञ्चालन हुनुपर्ने बताउनु हुन्छ । उहाँले भन्नुभयो नेपालजस्तो जलवायु परिवर्तनको उच्च जोखिममा रहेको देशमा वातावरण संरक्षणलाई दैनिक व्यवहार र विकास प्रक्रियासँग जोड्नुपर्ने हुन्छ ्र