काठमाडौँ ।
नेपालमा हाल पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा मौसम बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ।
यस्तै, मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा मध्यम तातो लहर तथा कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका केही तराई क्षेत्रमा तातो दिनको अवस्था रहने सम्भावना रहेको छ।
आज राति पनि कोशी प्रदेशसहित हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।











प्रतिक्रिया