काठमाडौँ ।
परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने भएका छन्। भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा हुने भ्रमणमा दुई देशबीचको विकास सहकार्य तथा आपसी हितका विषयमा छलफल हुने बताइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमणपछि तय भएको यस भ्रमणका क्रममा मन्त्री खनालले विदेशमन्त्री जयशंकर, वाणिज्य मन्त्री पीयूष गोयललगायत भारतीय उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ। यसअघि तय भएको भ्रमण स्थगित भएपछि अहिले पुनः तालिका मिलाएर भ्रमणको तयारी गरिएको बताइएको छ।











प्रतिक्रिया