विश्व चर्चित पप गायिका डुआ लिपा र अभिनेता क्यालम टर्नर वैवाहिक बन्धनमा बाधिएका छन्। दुई वर्षभन्दा बढी समयदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीले गत आइतवार लन्डनस्थित ओल्ड मेरीलबोन टाउन हलमा एक साधारण तथा निजी समारोहबीच विवाह गरेको एजेन्सीले जनाएको छ।
उनीहरूको विवाह सम्पन्न भएको ओल्ड मेरीलबोन टाउन हल बेलायतको चर्चित वैवाहिक स्थलमध्ये एक हो। यसअघि संगीतकर्मी सर पल म्याककाट्र्नी, रिङो स्टार, अभिनेता एन्टोनियो ब्यान्डेरस तथा गायक लियाम ग्यालाघरलगायतका चर्चित व्यक्तित्वले पनि यही स्थलमा विवाह गरेका थिए।
तस्वीरहरूमा ३० वर्षीया डुआ सेतो स्कर्ट–सुट, चौडा किनार भएको टोपी, सेता पञ्जा र हाई हिल्समा देखिएकी छन्। यता ३६ वर्षीय टर्नर भने गाढा निलो रङको सुटमा आकर्षक देखिएका छन्।
विवाह समारोह निकै सीमित व्यक्तिको उपस्थितिमा सम्पन्न भएको समाचारमा चर्चा गरिएको छ। परिवारका सदस्य र नजिकका साथीहरू समावेस समारोहपछि डुआ लिपा हातमा फूलको सानो गुच्छा बोकेर आफ्ना पति टर्नरसँग बाहिरिएकी थिइन्।
‘जीवनभर सँगै बुढ्यौली बिताउने, भविष्य निर्माण गर्ने र सधैंका लागि सबैभन्दा राम्रो साथी बन्ने निर्णय अत्यन्त विशेष अनुभूति हो’ गत वर्ष डुआले आफूहरूबीच इन्गेजमेन्ट भएको पुष्टि गरेकी थिइन्। उनले बेलायती फेसन पत्रिका भोगस“ग कुरा गर्दै भनेकी थिइन्। उनले आफ्नो इन्गेजमेन्ट रिङ टर्नरले आफ्नी बहिनी र निकट साथीहरूस“ग परामर्श गरेर विशेष रूपमा बनाएको पनि खुलासा गरेकी थिइन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विवाहपछि यो जोडीले अर्को साता इटालीको सिसिलीमा तीन दिनसम्म चल्ने भव्य उत्सव आयोजना गर्ने योजना छन्। डुआ लिपा पछिल्लो दशककी सबैभन्दा सफल पप स्टारमध्ये एक हुन्। उनले सन् २०२४ मा विश्वप्रसिद्ध ग्लास्टनबरी फेस्टिभलको मुख्य प्रस्तोता (हेडलाइनर) बनेर इतिहास रचेकी थिइन्। यता क्यालम टर्नर प्mयान्टास्टिक बिस्ट्स फिल्म शृंखलाबाट विश्वभर परिचित बनेका अभिनेता हुन्। उनी भविष्यका सम्भावित जेम्स बन्ड पात्रका रूपमा समेत चर्चा हुँदै आएका छन्।











प्रतिक्रिया