देशका पहाडी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना


काठमाडौँ ।

नेपालमा पश्चिम भूभाग नजिक रहेको उपल्लो वायुमण्डलीय न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण आज देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। यस्तै, मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तातो दिन रहने अनुमान गरिएको छ।

आज राति कोशी र मधेस प्रदेशसहित हिमाली क्षेत्रमा सामान्य बदली रहने तथा पहाडी क्षेत्रमा आंशिक बदली हुने महाशाखाले जनाएको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ।