नेपाली फिल्म क्षेत्रका दुई लोकप्रिय अभिनेता दयाहाङ राई र सौगात मल्ल फेरि एकपटक ठूलो पर्दामा सगै देखिदैछन्।
आज शुक्रवार रिलिजमा आउने फिल्म मितज्यूमार्फत उनीहरूको सहकार्य पुनः दर्शकमाझ आउन लागेको हो। नेपाली फिल्म उद्योगमा यी दुई कलाकारलाई सफल जोडीका रूपमा पनि लिइन्छ। कारण उनीहरूले सगै काम गरेका अघिल्ला फिल्मले बक्सअफिसमा राम्रो सफलता पाएका छन्। विशेषगरी लुट र कबड्डीजस्ता फिल्ममा देखिएको उनीहरूको केमिस्ट्री दर्शकले निकै मन पराएका थिए।
मितज्यूमा भने दयाहाङ र सौगातबीचको सम्बन्ध फरक ढंगले प्रस्तुत गरिएको छ। यसअघि लुट र कबड्डीमा उनीहरूबीचको टकराव दर्शकले रुचाएका कारण मितज्यूमा पनि त्यस्तै ऊर्जा दोहोरिने अपेक्षा गरिएको छ। निर्माता जनक घर्ती मगरका अनुसार फिल्ममा सिर्जना गरिएका द्वन्द्व र पात्रको संरचनाले दर्शकलाई मनोरञ्जन दिनेमा टिम विश्वस्त छ।
अनिल बुढा मगरले निर्देशन गरेको फिल्ममा तेरिया फौजा मगर, पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछानेलगायतका कलाकारले पनि अभिनय गरेका छन्। तेरियाको यो डेब्यु फिल्म हो। यस फिल्ममार्फत दर्शकले तेरिया मगरलाई फरक ढंगले पनि अनुभव गर्न पाउने भएका छन्। नृत्यमार्फत नेपाल र भारतमा लोकप्रिय बनेकी तेरिया यसपटक केवल नृत्य प्रस्तुतिमा सीमित नभई कथाको मुख्य पात्रका रूपमा देखिदैछिन्।
सार्वजनिक सामग्रीले उनको भूमिका विशेष उपस्थितिभन्दा पनि कथालाई अगाडि बढाउने महत्वपूर्ण पात्रको रहेको संकेत गरेको छ। त्यसैले मितज्यू तेरियाका लागि अभिनय यात्राको महत्वपूर्ण सुरुवातका रूपमा पनि हेरिएको छ। फिल्ममा श्रीकृष्ण बम मल्लको संगीत, शिशिर बिशंखेको छाया“कन र लोकेश बज्राचार्यको सम्पादन रहेको छ।अभिनयस“गै नृत्यकला प्रस्तुत गर्न सक्ने कलाकारलाई समेटिएको हो।











प्रतिक्रिया