भट्ट–अग्रवालसहित २९ जनाविरुद्ध २० अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा सिफारिस


काठमाडौं ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालसहित २९ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा चलाउन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई सिफारिस गरेको छ । विभागले करिब २० अर्ब रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गर्न सिफारिस गरेको जनाएको छ ।

अनुसन्धान प्रतिवेदनअनुसार बिमा, धितोपत्र, सेयर कारोबार र लगानी संरचनामार्फत सर्वसाधारणको अर्बौं रुपैयाँ दुरुपयोग गरिएको आरोप छ । हिमालयन रि–इन्स्योरेन्स, हिमालयन सेक्युरिटिज, एचएलआई लार्ज क्याप फन्डलगायत कम्पनीमार्फत करिब ३ अर्ब ७३ करोड रुपैयाँ अपचलन भएको दाबी गरिएको छ ।

प्रतिवेदन अध्ययन अन्तिम चरणमा पुगेको सरकारी वकिल कार्यालयले जनाएको छ भने अर्को साताभित्रै मुद्दा दायर हुने तयारी भइरहेको स्रोतले बताएको छ ।