४२औं राष्ट्रिय टेबल टेनिस प्रतियोगिता हुने


काठमाडौं ।

अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा जेष्ठ १४ गतेदेखि १७ गतेसम्म ४२औं राष्ट्रिय टेबल टेनिस प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्र, लैनचौर, काठमाडौंमा हुने महासचिव कुबेर प्रकाश सिंहले जानकारी गराए । राष्ट्रिय प्रतियोगितामा सहभागीताका लागि सातै प्रदेश तथा तीन विभागीय टोली सहभागी हुनेछन् ।

प्रतियोगिता इभेन्ट्स पुरुष टिम इभेन्ट्स, महिला टिम इभेन्ट्स, पुरुष सिंगल्स, महिला सिंगल्स, मेन्स डबल्स, लेडिज डबल्स, मिक्स डबल्स, जुनियर ब्वाइज अण्डर १९, जुनियर गर्ल्स अण्डर १९, क्याडेड ब्वाइज अण्डर १५, क्याडेड गर्ल्स अण्डर १५ गरि ११ बिधामा प्रतिस्पर्धा हुनेछ । टेबल टेनिस खेलको विकासका लागि एनटीटीए को वार्षिक क्यालेण्डर अनुसार प्रतियोगिता आयोजना भएको अध्यक्ष ब्रिजेन्द्र हमालले जानकारी गराए ।