काठमाडौँ।
नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेर २ लाख ९३ हजार ८ सय रुपैयाँ पुगेको छ। बुधबार सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ९० रुपैयाँले बढेर ५ हजार ५० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी ४ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ५४० अमेरिकी डलरमा कारोबार भइरहेको छ।











प्रतिक्रिया