हर्क साम्पाङद्वारा प्रधानमन्त्री शाहको राजीनामा माग


काठमाडौं ।

श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन् । संसद बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले सांसदहरूले उठाएका प्रश्नको समयमै जवाफ नदिएको आरोप लगाए ।

राईले सीमा समस्या तथा लिपुलेक सम्बन्धी प्रश्नको ७ दिनभित्र जवाफ दिनुपर्ने नियम भए पनि अहिलेसम्म जवाफ नआएको गुनासो गरे । प्रधानमन्त्रीले आफ्नो कर्तव्य पूरा गर्न नसके मार्गप्रशस्त गर्नुपर्ने उनको भनाइ थियो ।