प्रधानमन्त्री उपस्थित गराउन कांग्रेसको माग


काठमाडौं ।

नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन शाहलाई उपस्थित गराउन सभामुखसँग रुलिङको माग गरेको छ।

बिहीबार आकस्मिक समयमा बोल्दै कांग्रेस सचेतक निश्कल राईले सरकार र प्रधानमन्त्री सदनप्रति जवाफदेही हुनुपर्ने बताएका हुन्।

उनले प्रधानमन्त्री सदनमा उपस्थित नभएसम्म विपक्षीको विरोध जारी रहने चेतावनी समेत दिए।