काठमाडौँ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिकको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। यसको असरले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि आंशिक बदली भएको छ भने केही स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो र राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै मधेस, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा पनि वर्षाको सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा भने तातो दिन रहने अनुमान गरिएको छ।











प्रतिक्रिया