मुक्तिनाथ विकास बैंकद्वारा ह्वीलचेयर हस्तान्तरण


काठमाडौँ
सामाजिक उत्तरदायित्वअन्तर्गत मुक्तिनाथ विकास बैंक ले स्वास्थ्य सेवा सहज बनाउने, समावेशीतालाई प्रवद्र्धन गर्ने तथा दिगो विकास लक्ष्य (एसडीजी) प्रतिको प्रतिबद्धता सुदृढ गर्ने उद्देश्यले विभिन्न संस्थालाई ह्वीलचेयर सहयोग प्रदान गरेको छ ।

यस कार्यक्रमअन्तर्गत बैंकले धनगढी–०१, कैलालीस्थित सेती प्रादेशिक अस्पताललाई १० थान ह्वीलचेयर हस्तान्तरण गरेको हो। उक्त सहयोगले अस्पतालमा उपचारका लागि आउने बिरामी, ज्येष्ठ नागरिक तथा हिँडडुलमा कठिनाइ भएका सेवाग्राहीलाई अस्पताल परिसरभित्र सहज र सुरक्षित आवतजावत गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

त्यसैगरी, बैंकले गोकर्णेश्वरस्थित युवा अपाङ्ग संगठन नेपाललाई पनि १० थान ह्वीलचेयर सहयोग प्रदान गरेको छ । यस सहयोगले फरक क्षमताका व्यक्तिहरूलाई आवश्यक समयमा सहयोग पु¥याउनुका साथै उनीहरूको सम्मानपूर्ण, सहज तथा समावेशी जीवनयापनमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।

बैंकले यस प्रकारका कार्यक्रममार्फत विशेषगरी “गुड हेल्थ एन्ड वेल–बिइङ” तथा “रिड्युस्ड इनइक्वालिटिज” सम्बन्धी दिगो विकास लक्ष्यलाई सहयोग पु¥याउने जनाएको छ ।

मुक्तिनाथ विकास बैंक ले आगामी दिनमा पनि स्वास्थ्य, शिक्षा, समावेशी विकास तथा समुदायको जीवनस्तर उकास्ने सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।