मुक्तिनाथ विकास बैंक सीईओ मानन्धरले गरे पदभार ग्रहण


काठमाडौँ
मुक्तिनाथ विकास बैंक लिमिटेड सञ्चालक समितिको निर्णय अनुसार बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त तारा मानन्धरले शुक्रबार पदभार ग्रहण गरेका छन् ।

बैंकिङ तथा व्यवस्थापन क्षेत्रमा अब्बल मानन्धरले विभिन्न वाणिज्य बैंकहरूको उच्च कार्यकारी भूमिका रही काम गरेको अनुभव र पछिल्लो समय डिस मिडिया नेटवर्क लिमिटेडमा सीईओ थिए ।

उनको नेतृत्वले संस्थागत तथा रणनीतिक विकास, सुशासन तथा दिगो बैंकिङ अभ्यास थप प्रभावकारी बनाउने विश्वास बैंकले लिएको छ ।

नवनियुक्त सीईओ मानन्धरले बैंकको दीर्घकालीन लक्ष्य, उच्चस्तरीय ग्राहक सेवा, कर्मचारीको उच्च मनोबल तथा सरोकारवालाले राखेको विश्वास अझ सुदृढ बनाउँदै बैंकलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

बैंकले सीईओ मानन्धरको सफल कार्यकालको शुभकामना दिँदै आगामी दिनमा बैंकले अझ उत्कृष्ट वित्तीय सेवा प्रदान गर्दै राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पु¥याउने विश्वास लिएको छ ।