श्रम शक्ति पार्टीद्वारा संसद बैठक अवरुद्ध


काठमाडौं ।

हर्कराज राई नेतृत्वको श्रम शक्ति पार्टीले बुधबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । पार्टीका सांसदहरूले बैठक सुरु हुनेबित्तिकै उठेर पर्चासहित विरोध जनाएका हुन् ।

सरकार र प्रधानमन्त्री बालेन्द्र शाह संसदप्रति उत्तरदायी नभएको आरोप लगाउँदै पार्टीले जेठ ४ गतेदेखि लगातार संसद बैठकमा अवरोध गर्दै आएको छ ।