चन्द्रपुर नगरपालिकाले परिवर्तन गर्‍यो कार्यालय र विद्यालयको बिदा तालिका


रौतहट ।

चन्द्रपुर नगरपालिकाले कार्यालय तथा विद्यालयको बिदा सम्बन्धी नयाँ सूचना जारी गरेको छ। नगर कार्यपालिकाको २०८३ जेठ ४ गतेको निर्णयअनुसार बिदा तथा कार्यालय सञ्चालन समय परिवर्तन गरिएको हो।

नगरपालिकाद्वारा जारी सूचनाअनुसार सामुदायिक तथा संस्थागत विद्यालयहरू अब आइतबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछन्। यसअघि कायम रहेको बिदा प्रणालीलाई परिवर्तन गर्दै नयाँ तालिका लागू गरिएको नगरपालिकाले जनाएको छ।

त्यस्तै नगरपालिकाको कार्यालय, मातहतका स्वास्थ्य, पशु सेवा र कृषि शाखा, वडा कार्यालय तथा अस्पतालहरू आइतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् भने शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सेवा प्रवाह गरिने सूचनामा उल्लेख छ।

नगर प्रमुख सञ्जय कुमार काफ्लेद्वारा हस्ताक्षरित उक्त सूचना २०८३ जेठ १० गतेदेखि लागू हुने जनाइएको छ।