उत्तर भारतमा भीषण वर्षा र चट्याङ : ८० बढीको मृत्यु


काठमाडौँ । 

उत्तर भारतका विभिन्न क्षेत्रमा विगत २४ घण्टामा परेको भारी वर्षा, हावाहुरी र चट्याङका कारण ८० जनाभन्दा बढीको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन् ।

सबैभन्दा बढी प्रभाव उत्तर प्रदेश मा परेको छ । असिना र तीव्र हावाहुरीका कारण जनजीवन प्रभावित हुनुका साथै घर, पशुचौपाया र भौतिक संरचनामा ठूलो क्षति पुगेको छ ।

प्रयागराज जिल्लामा मात्रै करिब २० जनाको मृत्यु भएको बताइएको छ । मुख्यमन्त्री योगी आदित्यनाथ ले प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहत कार्य सञ्चालन गर्न निर्देशन दिएका छन् ।