आगामी साउन १ गते रिलिजमा आउने फिल्म गौँथलीले पोस्टरमार्फत आफनो कथावस्तुको संकेत दिएको छ।
निर्माण टिमले सार्वजनिक गरेको दुई पोस्टरले फिल्ममा ग्रामीण पहाडी जीवन, गरिबी, वैवाहिक जिम्मेवारी र शिक्षाप्रतिको संघर्षलाई केन्द्रमा राखिएको देखाउँछ। फिल्मको पहिलो पोस्टरमा अभिनेता अरुण क्षेत्री र अभिनेत्री सिम्रन खड्का दुलाहा–दुलहीको भेषमा प्रस्तुत गरिएको छ।
अरुणले दौरा सुरुवाल, ढाका टोपी र दुबोको माला पहिरिएका छन्। उनको पटुकीमा सिउरिएको गुलेली र अस्वाभाविक हातको देखिने औंलाले पात्र शारीरिक रूपमा फरक अवस्थाबाट गुज्रिएको संकेत गर्छ। पोस्टरमा उनको अनुहारमा उत्साह देखिए पनि सँगै रहेकी सिम्रनको अनुहारमा तनाव झल्किएको छ। पोस्टरको पृष्ठभूमिमा देखिएको खरको छानो भएको घर, सानो आँगन र गाउँको परिवेशले कथालाई पहाडी ग्रामीण समाजसँग जोडेको छ। निर्माण टिमले पोस्टरमार्फत सीमित आर्थिक अवस्थाबीच बााचिरहेको परिवारको कथा फिल्मले उठाएको संकेत गरेको छ।
अर्को पोस्टरमा भने सिम्रन एक्लै छिन्। उनी डोकोमा स्याउला बोकेर हिँडिरहेकी छन्, तर हातमा किताब पनि छ। खाली खुट्टा, भारी बोकेको अवस्था र पढाइलाई सगै देखाइएको यो दृश्यले विवाहपछि पनि शिक्षाप्रतिको उनको चाहना मरेको छैन भन्ने बुझाउँछ। पोस्टरमा पर देखिने हिमालले कथाको भूगोल उच्च पहाडतिर रहेको संकेत गरेको छ।
डा. कपिल रिजालद्वारा निर्देशित फिल्ममा अरुण र सिम्रनका साथमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना, राजेन्द्र नेपाली, बाल कलाकार अंशु ओली, प्रिन्स नेपाललगायतले अभिनय गरेका छन्।
डा. भोला रिजालको कथामा बनेको फिल्ममा पटकथा र संवाद निर्देशक कपिल रिजालस“गै निश्चल कु“वर, निरज नेपाल र गिरिराज घिमिरेले तयार पारेका छन्। निर्देशक डा. रिजालका अनुसार गौ“थली शब्दले घर, परिवार र आत्मीय सम्बन्धको प्रतीकात्मक अर्थ बोकेको छ। भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्ममा शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत, एलिस कार्कीको पाश्र्व संगीत, हरि हुमागाईंको छाया“कन र मिलन श्रेष्ठको सम्पादन रहेको छ।
रोचक कुरा के छ भने, गौंथलीकै नाममा दुई दशकअघि डा. भोला रिजालले पनि फिल्म निर्माण गरेका थिए, जसलाई नेपालको पहिलो गीति फिल्म मानिन्छ। अहिले सोही नाममा उनका पुत्र तथा फिल्म निर्देशक डा. कपिल रिजालले यो फिल्म बनाएका हुन्।











प्रतिक्रिया