काठमाडौँ ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बे ले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संघीय संसद्मा भएको बहसको समय अत्यन्त कम गरिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ। उहाँले विगतमा तीन दिनसम्म चल्ने बहसलाई यसपटक ६ घण्टामा सीमित गर्नु दुःखद भएको बताउनुभयो।
नेता आङदेम्बेले नीति तथा कार्यक्रम मुलुकको भविष्यसँग जोडिएको विषय भएकाले सांसदहरूले विस्तृत रूपमा धारणा राख्न पाउनुपर्ने उल्लेख गर्नुभयो। साथै, सरकारले डिजिटलाइजेसनको कुरा गरे पनि गाउँका गरिब किसान र मजदुरसम्म प्रविधिको पहुँच पु¥याउने विषयमा ध्यान नदिएको आरोप लगाउनुभयो।
उहाँले नेपाली काँग्रेस केवल विरोधका लागि विरोध गर्ने पक्षमा नरहेको स्पष्ट पार्दै आगामी बजेटमार्फत कमजोरी सुधार गर्न सरकारलाई आग्रह गर्नुभयो।











प्रतिक्रिया