काठमाडौँ ।
नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओली को भक्तपुरस्थित गुण्डु निवासमा बस्ने भएको छ। केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारी ले बैठक बस्ने जानकारी दिएका हुन्।
बैठकमा गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा तथा पार्टीभित्रको कार्यविभाजनबारे छलफल हुने बताइएको छ। निर्वाचनमा पार्टीले अपेक्षाअनुसार नतिजा ल्याउन नसकेपछि अध्यक्ष ओलीमाथि नेतृत्व हस्तान्तरणको दबाब बढिरहेका बेला बस्न लागेको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
यसअघि पार्टीका औपचारिक कार्यक्रममा अध्यक्ष ओली सहभागी नभएपछि गत वैशाख २५ गते उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेल ले गुण्डुस्थित निवासमै पुगेर ओलीसँग छलफल गरेका थिए। सचिवालय बैठक लामो समय नबस्दा एमालेले चुनावी पराजयको औपचारिक समीक्षा गर्न सकेको थिएन।











प्रतिक्रिया