काठमाडौँ ।
त्रिभुवन विश्वविद्यालयमा रिक्त रहेका पदमा अस्थायी रूपमा नयाँ जिम्मेवारी तोकिएको छ। उपकुलपति प्रा डा. सुशील बज्राचार्यले विज्ञान तथा प्रविधि संकायका डिन प्रा.डा. शंकर प्रसाद खनाललाई शिक्षाध्यक्ष तथा व्यवस्थापन संकायका डिन प्रा.डा. महानन्द चालिसेलाई रजिस्ट्रारको जिम्मेवारी दिएका हुन्।
यसअघि अध्यादेश जारी भएपछि विश्वविद्यालयका पदाधिकारी पदमुक्त भएका थिए। तर, तत्कालीन उपकुलपति प्राडा। दीपक अर्यालले अध्यादेशअघि नै राजीनामा दिएका थिए। शिक्षाध्यक्ष प्रा डा. खड्ग केसी र रजिस्ट्रार प्रा डा. केदारप्रसाद रिजालले पनि पदबाट राजीनामा दिएका थिए।
नयाँ उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन भई आवेदन माग गर्ने प्रक्रिया अघि बढाइएको छ।











प्रतिक्रिया