नवलपरासी।
एसईई परीक्षा २०८२ मा जीपिए फाेर ल्याएका २ छात्राकाे सम्मानमा माैलिक नाैमति बाजा बजाएर शिव नमुना मावि कावासाेतीले शुक्रबार नगर परिक्रमा गरेकाे छ ।
बिद्यालयकै छात्रछात्राहरूले झ्याम झ्याम झ्याली,टेम्काे,ढाेलकी र सहनाईका तालमा जाेर नर्सिङ्गा फुकेर शिक्षक,बिद्यार्थी,बिद्यालय व्यवस्थापन परिवार नगर परिक्रमा गर्दै नाचेकाे देख्दा स्थानीयहरू उत्साहित देखिन्थे ।

एसईईमा सहभागि बिद्यार्थीमध्ये मेधावी छात्राद्वय प्रेरणा रानाभाट र आकृति भुसालले सर्वोत्कृष्ट नतिजा जिपिए फाेर ल्याउन सफल रहेकाे बिद्यालयका प्राचार्य अर्जुन पाैडेलले बताए ।
प्राचार्य पाैडेलका अनुसार जिपिए फाेर ल्याउने बिद्यार्थीहरूलाई जनही नगद ३० हजार रूपैयाँ र अविर लेपन गरि फूलमालाले सम्मान गर्दै बधाई तथा शुभकामना सहित नगर परिक्रमा गराईएकाे हाे ।
बिद्यालयमाअरू ३७ छात्र छात्राले उत्कृष्ट ए प्लसकाे नतिजा हात पारेका छन् । जिल्लामा ९ सामुदायिक र १० संस्थागतका गरि १९ छात्रा छात्राले जिपिए फाेर ल्याएकाछन् । जसमा छात्राहरूकाे अधिक संख्या ११ रहेकाे छ ।

१ सय ७९ बिद्यार्थी ग्रेडेड शिव माविमा गत वर्ष कक्षा १० काे पठन पाठन सुरू भए देखिनै स्तर मापन, विषयगत कमजाेरी पहिचान,पृष्ठपाेषण, साथ साथै अतिरिक्त कक्षा व्यवस्थापन गर्दै लगिएकाे बिद्यालय,शिक्षक अभिभावक संघका निवर्तमान अध्यक्ष दिपेन्द्र बस्यालले बताए ।
प्राथमिक तह नर्सरी देखि कक्षा ११ / १२ मा शिक्षा,व्यवस्थापन तथा विज्ञान विषयको अध्यापन हुने शिव नमुना मावि कावासाेतीमा झण्डै १ हजार ५ सय बिद्यार्थी अध्ययनरत रहेकाे बताईन्छ ।

बिद्यालयले बिद्यार्थी माझ कक्षागत सैद्धान्तिक ज्ञान दिनुका साथै आयमुलक व्यवसायिक सीप अन्तर्गत तरकारी खेती तथा बाजा बजाउने सिपमा आधारित अतिरिक्त कक्षा पनि संचालन गर्दै आएकाे जनाएकाे छ ।











प्रतिक्रिया