स्वर्गीय पिताको स्मृतिमा विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण


पर्वत। 

पर्वतको कुश्मा नगरपालिका वडा नं. १४ आर्थर डाँडाखर्कमा रहेको पञ्चकोशी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामाग्री वितरण गरिएको छ ।

कुश्मा नगरपालिका वडा नं. १४ काहुँले घर भई हाल अमेरिकामा रहेका विद्यालयका पूर्व विद्यार्थी सुरज क्षेत्रीले आफ्‌ना स्वर्गीय पिता खिमबहादुर क्षेत्रीको स्मृतिमा उक्त सामाग्री वितरण गरेका हुन् । विद्यालयमा कक्षा एक देखि ११ सम्म अध्ययनरत सवै विद्यार्थीहरुलाई उक्त सामाग्री वितरण गर्नुभएको विद्यालयका प्रधानाध्यापक प्रकाश सापकोटाले जानकारी दिए ।

बुधवार विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच  दुई लाख २० हजार बराबरका सामाग्री सुरजकी आमा शशी क्षेत्रीको हातवाट वितरण गरिएको प्रअ सापकोटाले बताए।

सामुदायिक विद्यालयमा अध्ययन गर्ने विपन्न, दलित, तथा असहाय समुदायका बालबालिकालाई दैनिक पठनपाठनमा सहजता मिलोस् भन्ने उद्धेश्यले प्रवासवाटै सहयोग गरेको सहयोगदाता क्षेत्रीले बताए ।

गुरुङ समुदायको बाहुल्यता रहेको आर्थरडाँडाखर्क यो विद्यालयमा अन्य समुदायका विद्यार्थीहरुको संख्या उच्च रहेको छ ।

कार्यक्रममा विद्यालयले सहयोगदाता क्षेत्रीकी माता शशीलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मानसमेत गरेको थियो ।

विद्यालयमा अहिले एक सय ५० विद्यार्थी अध्ययनरत रहेका छन् । पोशाक सवै विद्यार्थीलाई वितरण गरिएको हो भने अन्य स्टेशनरी सामाग्री विपन्न परिवारका तीस जना विद्यार्थीलाई वितरण गरिएको थियो ।