पर्वत।
ब्लकबस्टर निर्देशक सरोज पौडेलको बहुप्रतिक्षित चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सुरु भएको छ । शुक्रबार शुभमुहूर्त गर्दै पर्वतको कुस्मा नगरपालिका–१४ आर्थर डाँडाखर्कबाट चलचित्रको औपचारिक छायांकन थालिएको हो ।

सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्रमा विजय बराल, अञ्जना बराइली तथा विनोद न्यौपाने लगायत कलाकारहरूको अभिनय रहनेछ । निर्देशक पौडेलका अनुसार चलचित्रको छायांकन करिब ३५ दिनसम्म चल्नेछ ।
‘पूर्णबहादुरको सारङ्गी’पछि निर्देशक सरोज पौडेल, विजय बराल र अञ्जना बराइलीको यो दोस्रो सहकार्य हो । अघिल्लो चलचित्रको ऐतिहासिक सफलतापछि दर्शकमाझ ‘सिन्दुरे जात्रा’लाई लिएर ठूलो अपेक्षा गरिएको छ ।
निर्देशक पौडेल स्वयंको लेखन रहेको चलचित्रलाई उत्कृष्ट बनाउन निर्माण टिम कुनै कसर बाँकी नराख्ने बताइएको छ ।











प्रतिक्रिया