काठमाडौं ।
सरकारले राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)लाई पुनः प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याएको छ। नेपाल सरकारको कार्यसम्पादन नियमावली–२०८३ संशोधन गर्दै विभागलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत राख्ने निर्णय गरिएको हो।
यसअघि विभागलाई गृह मन्त्रालय मातहत राखिएको थियो। तर, पछिल्लो निर्णयसँगै राष्ट्रिय सुरक्षा, संवेदनशील सूचना संकलन तथा समन्वयलाई प्रभावकारी बनाउने उद्देश्यले विभाग पुनः प्रधानमन्त्री कार्यालय अन्तर्गत फर्काइएको सरकारी स्रोतले जनाएको छ।
सरकारले सुरक्षा संयन्त्रबीच समन्वय बढाउने, गुप्त सूचना व्यवस्थापनलाई केन्द्रिकृत गर्ने तथा राष्ट्रिय सुरक्षा सम्बन्धी निर्णय प्रक्रियालाई थप प्रभावकारी बनाउने दाबी गरेको छ। विपक्षी दलहरूले भने यस्तो निर्णयले शक्ति केन्द्रीकरण हुने र राजनीतिक प्रभाव बढ्न सक्ने भन्दै चासो व्यक्त गरेका छन्।











प्रतिक्रिया