मकैवारिमा एक सिङ्गे गैंडा मृत फेला


 नवलपरासी ।

विश्वमै दूर्लभ मानिने १ सिङ्गे गैंडा पूर्वी नवलपरासीकाे लाेकाहास्थित मकैवारिमा शुक्रवार मृत अवस्थामा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीले दिएकाे जानकारी अनुसार कावासाेती नगरपालिका वडा नम्बर १ लाेकाहा स्याउली स्थित भीमबहादुर दर्जीकाे मकैवारिमा मृत भृटिएकाे हाे ।

मकैवारिमा  बिहान ७:४५ अन्दाजी ३०/३५ वर्षकाे भाले गैंडा मृत देखे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

गैंडा मृत भेटिएकाे भन्ने खबर पाउना साथ जनपथ प्रहरी,डिभिजन वन कार्यालय नवलपुर,ईलाका वन कार्यलय रजहर समेतकाे टाेली घटना स्थल पुगिसकेकाे बताईएकाे छ ।

मृत भेटिएको गैंडाका सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भैरहेको जिप्रका नवलपरासी पूर्वले जनाएको छ ।