काठमाडौँ।
काठमाडौँको चोभारमा आज गोली प्रहार गरी व्यक्ति हत्याका मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।
केही दिनअघि गुल्मीका विपिन घिमिरेलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको घटनाका मुख्य आरोपी सुजन शाहीलाई पक्राउ गर्ने क्रममा प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि उनलाई गोली हानेर समात्नु परेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
यही वैशाख २३ गते कीर्तिपुर नगरपालिका–१० पोडेटोल (ढोकासी टोल) गार्डनस्थित वर्ष २२ का विपिन घिमिरेलाई धारिलो हतियार प्रहर गरी हत्या गरिएको थियो । उक्त घटनाका मुख्य अभियुक्त शाही घटनापश्चात् काठमाडौँका विभिन्न ठाउँमा लुकी बसेको सूचनाका आधारमा प्रहरी टोली खटाइएको थियो । सोही क्रममा कीर्तिपुर नगरपालिका–६ चोभारमा उनलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै आक्रमण गरी भाग्न खोजेपछि गोली चलाएर शाहीलाई नियन्त्रणमा लिएको प्रवक्ता कार्कीले बताए ।











प्रतिक्रिया