वालिङमा प्राइम टायल्सको नयाँ शोरूम


काठमाडौँ
नेपालको अग्रणी टायल्स उत्पादक प्राइम क्यारोकिक्स प्राइभेट लिमिटेडले स्याङ्जाको वालिङमा नयाँ शोरूम उद्घाटन गरेको छ । न्यू भुसाल स्टोरमार्फत सञ्चालनमा आएको उक्त शोरूमले स्थानीय उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरका डिजाइन तथा गुणस्तरीय टायल्स सहज रूपमा उपलब्ध गराउने कम्पनीले जनाएको छ । उद्घाटन कार्यक्रममा उद्योगी, इन्जिनियर, निर्माण व्यवसायी, आर्किटेक्ट, कन्ट्र्याक्टर, डिलर तथा टायल्स मिस्त्रीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

२०७८÷७९ मा एकल ब्रान्डअन्तर्गत नेपालकै सबैभन्दा बढी बिक्री गर्न सफल प्राइम टायल्सले छोटो समयमै देशभर आफ्नो डिलर सञ्जाल विस्तार गरेको छ । कम्पनीले वाल तथा फ्लोर टायल्स दुवैमा नेपाल गुणस्तर प्रमाणपत्र प्राप्त गरिसकेको जनाएको छ ।

२०७८ सालमा स्थापना भएको प्राइम सिरेमिक्सले रौतहटको बृन्दावन नगरपालिकामा अत्याधुनिक प्रविधियुक्त उद्योग सञ्चालन गर्दै आएको छ । वार्षिक ४० लाख वर्गमिटर उत्पादन क्षमता र ३ अर्ब रुपैयाँ लगानी रहेको उद्योगले नेपालमै पहिलोपटक वाल र फ्लोर टायल्स दुवै उत्पादन गर्दै आएको बताइएको छ । कम्पनीले “टायल्स मात्र होइन, जीवन पनि जोड्छ” भन्ने मूल मन्त्रसहित आगामी दिनमा पनि ग्राहकको विश्वास जित्ने लक्ष्य लिएको जनाएको छ ।