काठमाडौं ।
न्यायाधीशबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद्मा गरेको टिप्पणीप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा रास्वपा सांसद गणेश पराजुलीले सर्वोच्च अदालतका न्यायाधीशको भूमिकामाथि प्रश्न उठाएका थिए ।
त्यसपछि बुधबार कांग्रेसका सचेतक निश्कल राई ले संसद्मा बोल्दै अदालतमा विचाराधीन विषय र न्यायाधीशको कार्यसम्पादनबारे संसद्मा टिप्पणी गर्नु असंवैधानिक भएको बताएका हुन् ।
उनले संविधानको धारा १०५ उल्लेख गर्दै न्यायाधीशसम्बन्धी यस्ता विषयमा छलफल गर्न नहुने बताए । साथै, सभामुखले यस्ता अभिव्यक्तिलाई रोक्नुपर्ने माग पनि गरे ।











प्रतिक्रिया