सुन तोलामा ७ सय घट्यो, चाँदी १५ रुपैयाँ बढ्यो


काठमाडौं ।

नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ७ सय रुपैयाँले घटेर ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँ पुगेको थियो।

यता, चाँदीको मूल्य भने बढेको छ। बुधबार चाँदी प्रतितोला १५ रुपैयाँले बढेर ५ हजार ७ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ७ सय अमेरिकी डलरमा कारोबार भइरहेको छ।