भारोत्तोलन संघका अध्यक्ष श्रेष्ठ भारत प्रस्थान


काठमाडौं ।

नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ र ओलम्पियन तथा संघका केन्द्रीय सदस्य राजेन्द्रकुमार प्रधानले एसियन भारोत्तोलन महासंघको साधारण सभामा सहभागिता जनाउने भएका छन् ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का कार्यवाहक अध्यक्ष अशोक वज्राचार्य, उपाध्यक्ष ज्योति राना र महासचिव राजीव श्रेष्ठले सोमबार श्रेष्ठ र प्रधानलाई शुभकामनासहित विदाइ गर्नुभयो । सो साधारण सभा मङगलबार भारतको गुजरातस्थित गान्धीनगरमा हुनेछ ।

२०२६ एडब्ल्यूएफ एसियन सिनियर भारोत्तोलन प्रतियोगिताको समयमा एसियन भारोत्तोलन महासंघको साधारण सभा हुन लागेको हो । सो प्रतियोगितामा नेपालका गोपाल श्रेष्ठले अन्तर्राष्ट्रिय टेक्निकल अफिसियल (आइटिओ)को भूमिकामा हुनुहुन्छ ।