काठमाडौ ।
देशकाे एकमात्र सिकार आरक्ष ढाेरपाटनमा नाउर र झारलकाे सिकार खेलेर अन्तर्राष्ट्रिय सिकारीहरू स्वदेश फर्केकाछन् ।

पर्यटन व्यवसायमा संलग्न ६ नेपाली कम्पनी मार्फत सिकारका लागि अनुमति लिएका १४ बिदेशी सिकारीहरूले यस वर्षकाे दाेश्राे सिजनमा १३ नाउर र ६ झारलकाे सिकार गरेकाे आरक्षका रेञ्जर सागर सुबेदीले बताउनु भयाे ।
नेपाल ट्राभल एक्सपिडिसन प्रालि, हिमालयन सफारिज,ओपन नेपाल वाईल्डलाइफ सफारी एण्ड ट्रेक ,ग्लोबल सफारिज नेपाल, हिमालयन वाइल्ड लाईफ आउटफिटर्स र ट्राक्स एण्ड ट्रेल्स प्रालि समेतका व्यवसायी कम्पनीका साथ साहसी सिकारीहरू सिकार खेल्न ढाेरपाटन पुगेका थिए ।
सिकारीहरूले १४ नाउर,१० झारल र ११ बदेलकाे सिकारका लागि दस्तुर बुझाए पनि १ नाउर ४ झारल र बँदेलकाे भने सिकारै गरेनन् ।
आरक्षकाे उच्च हिमाली क्षेत्रमा पाईने नाउरकाे सिकार गर्न लालायित सिकारी मध्ये फ्रेन्च नागरिक ओलिभर कार्ल्सले भने बुलेटकाे मारक दुरी नमिलेकाे जनाउदै नाउर र झारलकाे सिकार नगरि फर्केकाे नेपाल ट्राभल एक्सपिडिसन प्रालिका संचालक अमृत थापाले बताउनु भयाे ।
थापाका अनुसार यस यामकाे सुरू र अन्त्य ताका हिमाली क्षेत्रकाे माैसममा केही प्रतिकुलता देखिए पनि पाहुना सिकारीहरूले ढाेरपाटन आरक्षकाे सिकार खेलबाट भरपुर आनन्द लिएका थिए ।
त्यसाे त सिकारीले अनुमति प्राप्त सिकार नगर्नुमा विविध कुराले प्रभाव पार्ने गरेकाे बताईन्छ ।
जहाँ प्रतिकुल माैसम, बाेक्ने हतियार, सिकारीले उक्त जातकाे जनावरकाे सिकार अन्य देशमा गरि सकेकाे अवस्था, भिजाकाे समय सिमा, घरफिर्तीकाे चटाराे आदि पर्ने गर्दछन् ।
भित्री मंगाेलिया,तिब्बत,भुटान,भारत,पाकिस्तान तथा अफगानिस्तान सम्मका पहाडी तथा हिमाली भेगमा हिमालयन ब्लुसिप,हिमालयन थार जस्ता नामले चिनिने नाउर,झारल नेपालकाे लाङटाङ,मकालु वरूण र सेफाेक्सुण्डाे राष्ट्रिय निकुञ्ज तथा ढाेरपाटन सिकार आरक्षमा पाईने गर्दछ ।
सरकारले यस सिजनमा चैत र बैशाख २ महिना ढाेरपाटन सिकार आरक्षकाे घुस्तुङ्ग,दाेगाडी,सेङ,फागुने,सुनदह र बार्से ब्लकमा बिदेशी सिकारीहरूलाई दस्तुर अनुसारको काेटा ताेकेर सिकार खेल्ने अनुमति दिएकाे थियाे ।
जसमा रसिया,अमेरिका,स्पेन,डेनमार्क,फ्रान्स बेल्जियम तथा नेदरल्यान्डका सिकारी सहभागी रहेका थिए ।
सिकार खेलबाट यस आवकाे अक्टोबर नाेभेम्बर तथा मार्च र अप्रिल गरि २ सिजनमा ४ कराेड १७ लाख ७९ हजार राजश्व संकलन भएकाे आरक्ष कार्यालयका रेञ्जर सुबेदीले बताउनु भयाे ।
गत ०८१/८२ आवमा भने सिकारीहरूबाट २ कराेड ७५ लाख ६० हजार ४ सय सिकार दस्तुर प्राप्त भएकाे थियाे ।
साैखिन सिकारीबाट उच्च हिमालमा गरिने नाउर तथा झारलकाे सिकार ढाेरपाटन सिकार आरक्षमा हुने एक बैधानिक पर्यटकीय गतिविधि हाे ।
धाैलागिरी हिम श्रृंखला अन्तगर पर्ने
ढाेरपाटन सिकार आरक्ष म्याग्दी,बाग्लुङ र रूकुम पुर्व गरि १ हजार ३ सय २५ बर्ग किलोमिटरमा फैलिएर रहेकाे छ ।











प्रतिक्रिया