मनाङको खोत्रोमा ट्रक दुर्घटना, दुई घाइते


काठमाडौँ ।

मनाङको खोत्रो क्षेत्रमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। सडकबाट अनियन्त्रित भई ट्रक दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका दुवै जनालाई उद्धार गरी थप उपचारका लागि अस्पताल पठाइएको छ। स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा उनीहरूको उद्धार गरिएको थियो।

घाइतेहरूको परिचय भने खुल्न बाँकी रहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।