इन्डोनेसियामा ज्वालामुखी विस्फोट, तीन पर्वतारोहीको मृत्यु


काठमाडौँ।

इन्डोनेसियाको उत्तरी मोलुक्का प्रान्तस्थित माउन्ट डुकोनो ज्वालामुखी आज बिहान विस्फोट हुँदा तीन जना पर्वतारोहीको मृत्यु भएको छ।

इन्डोनेसियाको ज्वालामुखी सर्वेक्षण विभागका अनुसार स्थानीय समयअनुसार बिहान ७:४१ बजे ज्वालामुखी विस्फोट भएको हो। विस्फोटपछि आसपासका क्षेत्रमा बाक्लो खरानी र धुवाँ फैलिएको थियो।

डुकोनो ज्वालामुखी इन्डोनेसियाको सबैभन्दा सक्रिय ज्वालामुखीमध्ये एक मानिन्छ। प्राकृतिक सौन्दर्यका कारण यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकका लागि लोकप्रिय गन्तव्यसमेत हो।

स्थानीय प्रहरीका अनुसार घटनास्थलबाट करिब १५ जनाको उद्धार गरिएको छ।