टेन के रन हुने


काठमाडौं ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा आगामी जेठ १ गते पुरुष १० किमी एनवाईएफएन रन हुने भएको छ ।

संघको ३७ औं स्थापना दिवसको उपलक्ष्यमा युवा संघले खेल आयोजना गर्न लागेको हो। दशरथ रंगशाला त्रिपुरेश्वरबाट सुरु हुने प्रतियोगिता तीनकुने फन्को मार्दै पुनः रंगशालामा पुगेर टुंगिनेछ ।

प्रतियोगितामा शीर्ष ५ स्थानमा रहने खेलाडीको लागि पुरस्कारको ब्यवस्था गरिएको छ । जसमा पहिलो हुने खेलाडीले ५० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले ३० हजार, चौथोले २० हजार र पाँचौं हुनेले १० हजार प्राप्त गर्नेछन् ।