कास्की ।
यही बैशाख ३१ गते हुने दशौं रारा पोखरा स्पोर्टस अवार्डको खेलाडी मनोनयन सार्वजनिक गरिएको छ । बिहीबार खेलकुद पत्रकार मञ्च गण्डकीले स्पोर्टस अवार्डको विभिन्न विधाका मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गरेको हो ।
उत्कृष्ट पुरुषतर्फ प्रदीप खड्का (टेनिस), विज्ञान टी.खत्री (जुडो) र सन्जुविक्रम शाह (भलिबल) मनोनयनमा परेका छन् । यसैगरी महिलातर्फ नारायणी भण्डारी (एथलेटिक्स), मोनिका राना (आर्चरी) र मनिष तामाङ (जुडो) रहेका छन् । उदीयमान खेलाडीमा निभा राई (ब्याडमिन्टन), अनुष्का अधिकारी (एथलेटिक्स), सचिन सुनार (तेक्वान्दो) रहेका छन् ।
उत्कृष्ट प्रशिक्षकमा सिद्धान्त अधिकारी (एथलेटिक्स), कुमार अधिकारी (टेनिस), रेखमाया गुरुङ (तेक्वान्दो) रहेका छन् । दर्शक छनोट पुरस्कारको लागि विपिन खत्री (क्रिकेट), दिप कार्की (फुटबल), नारायणी भण्डारी (एथलेटिक्स), राजन दर्लामी (भलिबल) र सुष्मिता थापा (आईटीएफ तेक्वान्दो) रहेको मञ्चले जनाएको छ ।











प्रतिक्रिया