उदयपुरमा तीन महिनामा १२ को ज्यान गयो एकसय एघार वटा सवारी दूर्घटना

846
Shares

उदयपुर ।

उदयपुर जिल्लामा २०८२ माघ देखि चैत्र महिनासम्मको तीन महिनाको अवधिमा विभिन्न कारणले गर्दा १ सय ११ वटा सवारी दूर्घटना भएको छ । सो दूर्घटनामा परेर १२ जनाले ज्यान गुमाएका छन भने २ सय ४ जना घाइते भएका छन् ।


जिल्ला प्रहरी कार्यालय उदयपुरले मासिक रुपमा प्रकाशन गर्ने विवरणमा उल्लेख भए अनुसार २०८२ माघमा ३२ वटा, फागुनमा ५४ वटा र चैत्रमा २५ वटा सवारी दुर्घटना भएकोमा १२ जनाको ज्यान गएको हो । विवरण अनुसार माघमा ५ जनाले, फागुनमा ३ जनाले र चैत्रमा ४ जनाले ज्यान गुमाएका छन् ।

उदयपुरमा हुने सवारी दूर्घटना सबैभन्दा बढी मदन भण्डारी लोकमार्गको उदयपुरगढी ७ अधेरीमा हुने गरेको र यसका अलावा चौदण्डीगढी, बेलका नगरपालिका क्षेत्रमा पनि हुने गरेको प्रहरीले जनाएको छ ।

माघदेखि चैत्रसम्मको अवधिमा भएका दूर्घटनामा १ सय ५४ वटा सवारी संलग्न रहेको प्रेस विज्ञप्ती विवरणमा जनाइएको छ ।

सवारी दूर्घटना हुनुको कारणमा चालकको लापर्वाहीले ५७ वटा दुर्घटना भएको, सडकको अवस्थाका कारण ८ वटा, चौपायाका कारण ३ वटा, सवारी साधनको अवस्थाका कारण ५ वटा,यात्रुका कारण १ वटा र अन्य कारणले ३४ वटा दूर्घटना भएको जिल्ला प्रहरी कार्यालयद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

दूर्घटनामा परेका १सय ३९ जनालाई प्रहरीले सकुशल उद्धार गरेको, २ सय ४ जना घाइतेलाई अस्पतालमा उपचारकालागि लगेको पनि सो विज्ञप्तीमा जनाइएको छ ।

जिल्ला प्रहर िकार्यालय तथा जिल्ला ट्राफिक प्हरी कार्यालयले चालक तथा सहचालकहरु र यात्रुहरुलाई सवारी दूर्घटनाबाट आफू पनि बच्न र अरुलाई पनि बचाउनकालागि विभिन्न प्रकारका चेतना मुलक कार्यक्रम तथा सडक सचेतना कार्यक्रम स.चालन, माइकिङ समेत गर्ने गरेको, सवारी साधन चलाउँदा सावधानी अपनाउन, बिस्तारै चलाउन भन्ने गरेको भए पनि सवारी दूर्घटनामा कम िआएको छैन ।

अकोृ तर्फ कतिपय ठाउँमा सडकको अवस्था पनि अत्यन्त दयनीय रहेको, घुमाउरो, उकालो ओरालो लगायतका अप्ठ्याराका कारण, चालक निदाउने, ब्रेक फेल हुने सवारी मर्मत सम्भार नगर्ने लगायतका कारणले पनि सवारी दूर्घटना हुने गरेको बताइएको छ ।