काठमाडौं ।
मध्यपूर्वमा तनाव कम भएसँगै कुवेत उडान पुनः सञ्चालन भएपछि भिजिट भिसाको आवरणमा नेपाली महिलाहरूलाई गैरकानुनी रूपमा कुवेत पठाउने गतिविधि फेरि बढ्न थालेको छ। दलाल र बिचौलियाहरूले ओमन तथा दुबई ट्रान्जिट प्रयोग गरी महिलाहरूलाई घरेलु कामदारका रूपमा पठाउने गरेको आरोप छ।
प्राप्त जानकारीअनुसार, एक महिला कुवेत पुर्याएबापत दलालहरूले ६०० देखि ८०० कुवेती दिनारसम्म कमिसन लिने गरेका छन्। केही ट्राभल एजेन्सी र स्थानीय एजेन्टको संलग्नतामा टिकट, भिसा र यात्रा व्यवस्थापन भइरहेको बताइएको छ।
विदेशमा राम्रो तलब र सहज कामको प्रलोभनमा परेका धेरै महिलाहरू गन्तव्यमा पुगेपछि शोषण र दुर्व्यवहारको जोखिममा पर्ने गरेका छन्। अध्यागमनको कमजोर निगरानी र भिजिट भिसासम्बन्धी लचक नीतिका कारण मानव तस्करी नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको सरोकारवालाहरूले बताएका छन्।











प्रतिक्रिया