काठमाडौँ।
फ्रान्सेली ढुवानी कम्पनी सीएमए सीजीएमको एउटा मालवाहक जहाज होर्मुज जलडमरू पार गर्ने क्रममा आक्रमणको शिकार भएको छ।
कम्पनीका अनुसार ‘सान एन्टोनियो’ नामक जहाज मंगलबार (मे ५) उक्त संवेदनशील समुद्री मार्ग पार गरिरहेको बेला अज्ञात समूहले निशाना बनाएको हो। आक्रमणबाट जहाजमा क्षति पुगेको छ भने केही चालक दलका सदस्यहरू घाइते भएका छन्।
घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि सुरक्षित स्थानमा पठाइएको कम्पनीले जनाएको छ। हाल उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ।
आक्रमणको जिम्मेवारी कसले लिएको भन्ने स्पष्ट नभए पनि यसअघि इरानले क्रान्तिकारी गार्डको अनुमति बिना होर्मुज जलडमरूमध्य पार गर्ने जहाजहरूलाई निशाना बनाउन सकिने चेतावनी दिएको थियो।
यो घटनाले अन्तर्राष्ट्रिय समुद्री सुरक्षाबारे फेरि चिन्ता बढाएको छ। -बीबीसीबाट











प्रतिक्रिया