काठमाडौं ।
डिफेन्डिङ च्याम्पियन मनास्लुले चौथो वडा अध्यक्ष कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।
चाबहिलस्थित चन्द्रविनायक पार्कको मैदानमा मंगलबार भएको फाइनलमा मनास्लुले बाल व्यवसायी केन्द्र माविलाई २–० गोलले हराएको हो । विजेता टोलीले ३० हजार र उपविजेताले १५ हजार नगद पुरस्कार हासिल गरेका थिए ।
उपाधि दिलाउन विमल तामाङ र संगम तामाङले समान १–१ गोल गरे । संगम सर्वोत्कृष्ट र विमल उत्कृष्ट खेलाडी हुँदैं २५ सय नगद पुरस्कार पनि प्राप्त गरे ।
काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा भएको प्रतियोगितामा बाल व्यवसायीका अर्जुन खडायत उत्कृष्ट डिफेन्डर, मनास्लुका मेवाङ लामा उत्कृष्ट गोलरक्षक तथा क्लिन्टनका अतुल्य पाण्डे उदीयमान खेलाडी घोषित भए । उनीहरूले जनही २५ सय नगद पुरस्कार पाए ।











प्रतिक्रिया