काठमाडौ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकाले आगामी ६–१२ महिनाभित्र जर्मनीबाट करिब ५ हजार सैनिक फिर्ता गर्ने तयारी गरेको जनाएको छ।
पेन्टागनका अनुसार युरोपस्थित सैन्य संरचनाको समीक्षा पछि यस्तो निर्णय गरिएको हो।
हाल जर्मनीमा करिब ३५–३६ हजार अमेरिकी सैनिक तैनाथ रहेका छन्, जसको करिब १४ प्रतिशत फिर्ता हुने जनाइएको छ। यस निर्णयप्रति अमेरिकी कङ्ग्रेसका डेमोक्र्याट सदस्यहरू र सुरक्षा विश्लेषकहरूले आलोचना गरेका छन्।
उनीहरूले यस्तो कदमले भ्लादिमिर पुटिन लाई फाइदा पुग्न सक्ने र युरोपमा अमेरिकी सैन्य उपस्थिति घट्दा क्षेत्रीय सुरक्षा तथा गठबन्धनमा असर पर्ने चेतावनी दिएका छन्।











प्रतिक्रिया