काठमाडौंमा आज सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि


काठमाडौं ।

काठमाडौंमा आज सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा ३४ सय रुपैयाँले बढेर २ लाख ९६ हजार १ सय पुगेको छ। अघिल्लो दिन बिहीबार भने सुन तोलाको २ लाख ९२ हजार ७ सयमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा १३५ रुपैयाँले वृद्धि भई ४ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।