काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको पालनाबाट धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ।
२५७०औं बुद्धजयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले बुद्ध जन्मभूमि नेपाल हुनु सम्पूर्ण नेपालीका लागि गौरवको विषय भएको उल्लेख गर्नुभयो।
साथै, उहाँले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ।











प्रतिक्रिया