आज देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना


काठमाडौं ।

हाल नेपालमा पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा बादल लागेको छ भने केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो र राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।

साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको छ। तराई क्षेत्रमा भने आंशिक बदली रहने जनाइएको छ।