बालकुमारी ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

भीम थापा र सुदर्शन थापाको टोली पहिलो  


  ललितपुर । 

ललितपुर महानगरपालिका–१८ भञ्ज्याङस्थित बालकुमारी श्रृजना क्लबले आयोजना गरेको छौटौं  खुला ब्याडमिन्टन प्रतियोगितामा भीम थापामगर र सुदर्शन थापाको टोली पहिलो भएको छ । प्रतियोगितामा २१–१२, १९–२१ र २१–९ स्कोरको साथ पहिलो भएको हो । 

प्रतियोगितामा अशोक खाती र सुरेश तामाङ दोस्रो भएका छन् । ललितपुरको भज्याङ ब्याडमिन्टन कोर्डमा आयोजना भएको प्रतियोगितामा सुरज बास्कोटा र विष्णु ठकुरी र कमल तामाङ र श्याम ठकुरी तेस्रो भएका थिए । प्रतियोगितामा पहिलो हुने टिमले २०, दोस्रोले १० र तेस्रोले ५–५ हजार नगद र सिल्ड पाएका थिए। 

  विजयीटोलीलाई ललितपुर–१८का वडा अध्यक्ष दामोदर खड्काले नगदपुरस्कार र शिल्ड हस्तान्तरण गर्नुभएको थियो । समापन कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले स्वस्थ जिवनको लागि खेलकुद महत्वपुर्ण रहेको बताउनुभयो । भन्नुभयो–यो प्रतियोजिताले खेलाडीमा उत्साह बढेको छ । सफलता प्राप्त गर्नुहुने सबैलाई बधाइ ज्ञापन गर्दछ् । 

 प्रतियोगितामा १८ टोलीको सहभागिता रहेको थियो । वडा–१८को आर्थिक सहयोग र नेपाल समाचारपत्रको प्रायोजनमा भएको प्रतियोगितामा बोल्दै संयोजक दीपक थापामगरले प्रतियोगिताले ब्याडमिन्टन खेलप्रति मोह बढेको बताउनुभयो । उहाँले क्लबले ६ वर्षदेखि लगातार प्रतियोगिता आयोजना गरिरहेको बताउनुभयो । 

  क्लबका अध्यक्ष राजकुमार कुँवरले प्रतियोगितामा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै खेलाडीलाई निरन्तर सहभागिताको लागि आग्रह गर्नुभयो । उहाँले आगामी वर्ष अझै बढी टोली सहभागी हुनेगरी कार्यक्रम आयोजना गरिने बताउनुभयो ।