काठमाडौँ
रिलायन्स फाइनान्स र ट्रान्क्विलिटी स्पाबीच सम्झौता भएको छ, जसअनुसार फाइनान्सका ग्राहक तथा कर्मचारीहरूले स्पा सेवामा विशेष छुट पाउने भएका छन् ।
सम्झौताअनुसार ट्रान्क्विलिटी स्पाले अधिकतम २५ प्रतिशतसम्म र अन्य सेवाहरूमा १५ देखि २० प्रतिशतसम्म छुट उपलब्ध गराउनेछ। कमलादीस्थित रिलायन्स फाइनान्सको प्रधान कार्यालयमा भएको उक्त सम्झौतापछि ग्राहक तथा कर्मचारीहरूले व्यक्तिगत स्पा तथा सौन्दर्य सेवामा यी सुविधा लिन सक्नेछन् ।
काठमाडौंका विभिन्न होटलहरूबाट सेवा दिँदै आएको ट्रान्क्विलिटी स्पाले रिलायन्स फाइनान्सको मोबाइल बैंकिङ एप र एटीएम कार्डमार्फत भुक्तानी गर्दा छुट प्रदान गर्ने जनाएको छ । देशभर २१ शाखा रहेको रिलायन्स फाइनान्सले यसअघि पनि विभिन्न संस्थासँग सहकार्य गरी ग्राहकलाई यस्ता सुविधा उपलब्ध गराउँदै आएको छ ।











प्रतिक्रिया