काठमाडौँ।
इजरायली सेना प्रमुख इयाल जामिरले इजरायली सेनाले सन् २०२६ मा पनि विभिन्न मोर्चामा लडाइँ जारी राख्न सक्ने बताएका छन्।
सोमबार साँझ उत्तरी इजरायलको रमत डेभिड एयर बेसमा आयोजित एक बैठकमा उनले उक्त टिप्पणी गरेका हुन्। बैठकमा इरानसँगको तनाव र लेबनानमा इजरायली सेनाले सञ्चालन गरिरहेको सैन्य कारबाहीको समीक्षा गरिएको थियो।
जामिरले अक्टोबर ७, २०२३ देखि इजरायली सेना निरन्तर धेरै मोर्चामा सक्रिय रहेको उल्लेख गर्दै सेना सधैं उच्च सतर्क अवस्थामा रहेको बताए।
“यदि सबै मोर्चामा पुनः तीव्र लडाइँ सुरु भयो भने तत्काल प्रतिक्रिया दिन हामी तयार हुनुपर्छ,” उनले भने।
उनले आगामी वर्षहरूमा सेनाको जिम्मेवारी अझ बढ्ने भएकाले थप सैनिक आवश्यक रहेको पनि बताएका छन्।
अमेरिका, इजरायल र इरानबीच युद्धविरामको अवस्था कायम रहँदै गर्दा इजरायली सेना प्रमुखको यस्तो टिप्पणी आएको हो।
यसैबीच, इरानले हालै अमेरिका समक्ष युद्ध अन्त्य गर्ने प्रस्ताव पठाएको बताइएको छ। तर रोयटर्सका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस प्रस्तावप्रति सकारात्मक नभएको एक अधिकारीले बताएका छन्। बीबीसीबाट











प्रतिक्रिया