काठमाडौँ ।
योवर्षको कक्षा १२ को परीक्षा भोली सोमबारबाट सुरु हुँदैछ । परीक्षामा ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी हुँदैछन् । गतवर्षको तुलनामा योवर्ष करिब ९० हजार विद्यार्थी घटेका छन् । गत वर्षसम्म पुरानोकोर्षका विद्यार्थी सहभागी थिए । त्यसले गर्दा विद्यार्थी संख्या बढेको पनिकाको भनाई छ ।
परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले पुरानो कोर्ष अध्ययनगर्ने विद्यार्थीले ३ वषसम्म परीक्षा दिने अवसर पाएका कारण गत वर्षसम्म विद्यार्थी संख्या बढेको जानकारी दिनुभयो । तीनवर्षसम्मको अवसर सकिएकाले यो वर्ष विद्यार्थी संख्या घटेको हो । यतिका धेरै विद्यार्थी घट्नुको कारण खोजी गर्नुपर्ने देखिएको छ । एसईईमा करिब साढे ४ लाख विद्यार्थी उत्तीर्ण हुन्छन् । भर्ना भने ३ लाख ५० हजारको हाराहारीमा मात्र छ यस विषयमा खोजी गर्नुपर्छ–अभिभावक महासंघका पूर्व अध्यक्ष सुप्रभात भण्डारीले भन्नुभयो ।
योवर्षको परीक्षामा ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिँदैछन् । जसमध्ये १ लाख ७२,०१२ छात्र र १ लाख ६० हजार १३७ छात्रा र अन्य २९० परीक्षार्थीले सहभागी हुदैछन् । आंशिकतर्फ ५ हजार ८३० परीक्षार्थीहरू सहभागी हुनेछन् । यो वर्ष सबैभन्दा कम मनाङमा ३१ र सबैभन्दा बढी काठमाडौँ जिल्लाबाट ६४ हजार ३३ परीक्षार्थी सहभागी हुदैछन्।
यो वर्ष देशभर १ हजार ४२० र जापानमा १ समेत गरी कूल १ हजार ४२१ परीक्षा केन्द्र कायम गरिएको छ । सबैभन्दा बढी काठमाडौँ मा १६१ र सबैभन्दा कम मनाङ र मुस्ताङ जिल्लामा १ –१ केन्द्र निर्धारण गरिएको बोर्डले परीक्षालाई मर्यादित व्यवस्थित बनाउन सबै सरोकारवालालाई आग्रह गरेको छ । प्रदेशगत रुपमा कोशी ६७ हजार ४९७, मधेस ६२ हजार ११४, बागमती १ लाख २० हजार ४७७, गण्डकीमा ३० हजार ५४६,लुम्बिनी ६९ हजार ४११, कर्णाली ३० हजार ४७९ र सुदूरपश्चिम प्रदेशमा ३७ हजार ४४५ र जापानमा ३९ जनाले परीक्षा दिँदै छन् । परीक्षालाई व्यवस्थित बनाउन सबै सरोकारवाला निकायलाई बोर्डले अपिल गरेको छ ।











प्रतिक्रिया