काठमाडौं।
सरकारले शुक्रबार साँझसम्म बस्ती खाली गर्न निर्देशन दिएसँगै थापाथलीका सुकुम्बासीहरू आफ्नो सामान सार्न व्यस्त भएका छन्। कोही आफ्नो पुरानो ओछ्यान मिलाउँदै छन् भने कोही अबको गन्तव्यबारे अन्योलमा छन्।
कतिपयले हतार–हतार आफ्ना जस्तापाता, काठका सामग्री र भान्साका सामानहरू ट्याक्टर तथा रिक्सामा राखिरहेका छन्।
केहीले आफ्नै हातले आफ्ना घरहरू भत्काउन थालेका छन्।
शनिबार र आइतबार थापाथलीमा क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलाउने सरकारको तयारी छ ।











प्रतिक्रिया